काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले आफ्नो आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ। यस समितिको स्थापना नेपालको डिजिटल क्षेत्रलाई उच्च स्तरको सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।
यस समितिमा साइबर सुरक्षा विज्ञहरू र नास-आईटी सदस्य कम्पनीहरूका प्रतिनिधिहरू संलग्न छन्। समितिका सदस्यहरूको सामूहिक लक्ष्य नेपालमा साइबर सुरक्षालाई सुधार गर्नु हो। नास-आईटी बोर्ड अन्तर्गत सञ्चालन हुने यो समितिले निजी क्षेत्र र बृहत् प्राविधिक समुदायभित्र व्यावहारिक र महत्त्वपूर्ण गतिविधिहरू को नेतृत्व गर्नेछ।
साइबर सुरक्षा समितिको भिजन: नेपालको सूचना प्रविधि र सफ्टवेयर उद्योगलाई सुरक्षित, सुदृढ र विश्वसनीय बनाउनु हाे, ताकि यसले देशको डिजिटल प्रणाली र तथ्याङ्कको सुरक्षा गर्दै विश्वव्यापी बजारमा विकास गर्न सकोस्।
समितिका सदस्यहरू
विजय लिम्बु सेनिहाङ – भैरव टेक्नोलोजी सेक्युरिटी प्रा.लि. (समितिका प्रमुख)
घनश्याम ओली – बिज सर्भ आईटी
प्रज्वल गौतम – एमिनेंस वेज प्रा.लि.
रोशन पोखरेल – लगपोइन्ट प्रा.लि.
सम्पन्न श्रेष्ठ – जेनेस सोलुसन प्रा.लि.
सल्लाहकारहरू
अभय पौडेल – गोक्यो ल्याब्स प्रा.लि.
दिपेन चापागाईं – लगपोइन्ट प्रा.लि.
नारायण कोइराला – इमिनेन्स वेज प्रा.लि.





























प्रतिक्रिया