मेटा सरकारको सम्पर्कमा, माग्यो दर्ताको विवरण

मेटा सरकारको सम्पर्कमा, माग्यो दर्ताको विवरण

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सरकारले फेसबुक युट्युवलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णण गरेसँगै फेसबुकको सञ्चालक संस्था मेटा सम्पर्कमा आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले सरकारसँग सम्पर्क गरी दर्ता प्रक्रियाका लागि आवश्यक विवरण मागेका हुन् । मन्त्रालयले तत्काल प्रतिक्रिया दिँदै इमेलमार्फत आवश्यक विवरण पठाइसकेको छ ।

यसअघि मेटाले नेपालको बजारलाई सानो मान्दै दर्ता गर्न अनिच्छा देखाउँदै आएको थियो । कम्पनीले वैश्विक नीति र नेपालको कानुनबीचको द्वन्द्वलाई बहाना बनाएको थियो । तर, सरकारको कठोर निणर्यसँगै मेटा दबाबमा परेको संकेत गरेको छ ।

Skip This
Skip This
Logo