अनलाईनमा सामान कसरी खरिद गर्ने

अनलाईनमा सामान कसरी खरिद गर्ने

केन्द्रबिन्दु
0
Shares

अहिले नेपालमा अनलाईन ब्यापार फष्टाउदो रुपमा अगाडी बढीरहेको छ । अहिले नेपालमा संचालनमा आएका धेरै किसिमका अनलाईनहरुले दैनिक खाने गरेको खानेकुरा देखि बिलासी सामाग्रीहरु समेत बिक्रिलाई राख्ने गरेका छन् । अझ पछिल्लो पटक डेलिभरी हुदाँ पेमेन्ट गर्ने सिष्टमको बिकास भएपछि अनलाईन सपिङको क्रेज ह्वात्तै बढेको छ । सजिलै आफुले चाहेको सामाग्री घरमा आउने हुनाले अहिले धेरैको पहिलो रोजाई अनलाईन सपिङ पनि हुन थालेको छ ।

भरखरै नेपाली बजारमा बिकास भएको यो किनमेलको शैलीमा ध्यान दिन नसकेमा केही उपभोक्ताहरु ठगिएको गुनासोहरु पनि आउन थालेको छ । यस्तो किसिमको ठगिमा मुख्यरुपमा उपभोक्ताले सावधानी अपनाउन नसक्दा हुने गरेको छ । त्यसैले यति तपाईहरुपनि केही कुराहरु अनलाईन मार्फत् खरिद गर्दै हुनुहुन्छ भने यि कुराहरुलाई बिशेष रुपमा ध्यान दिने गर्नुहोला । जसको कारण तपाई ठगिने सम्भावना ज्यादैनै न्यून हुनेगर्छ ।

नियम र शर्तहरु राम्ररी पढ्ने:
अनलाईनमा कुनै सामाग्रीहरु किन्नका लागि खोज्ने क्रममा उक्त अनलाईन सपिङले राखेका शर्तहरुलाई राम्ररी पढ्ने गर्नुपर्छ । अनलाईन सपिङ साईटहरुले आफ्ना सामाग्रीहरु बिक्रि गर्नका लागि बिभिन्न किसिमका अफरहरु दिईरहेका हुन्छन् । यस्ता अफरको पछि लाग्दा कहिले नराम्रो सामाग्री पर्ने वा मिति गुज्रिन लागेको सामाग्रीहरु समेत पर्ने गर्छ । यस्तो सामाग्रीहरु पछि फिर्ता गर्न खोज्दा अनलाईन सपिङका साईटमहरुले आफुले राखेको शर्तलाई आधार बनाउने समेत गर्छन् । त्यसैले कुनै पनि सामाग्री खरिद गर्दा त्यहाँ राखिएका शर्तहरुलाई पढेर मात्र सामाग्रीहरु खरिद गर्नु बुद्धिमानी हुन्छ ।

सबै साईटवाट किनमेल नगर्ने :
अहिले नेपालमा अनलाईन सपिङका धेरै वेवसाईटहरु आएका छन् भने कतिपयले सामाजिक संजालमा राखेर समेत अनलाईन सपिङ संचालन गरेका छन् । अनलाईनमा सपिङ गर्दा जुन पायो त्यहीवाट सामानहरु किनमेल गर्न हुदैंन । सधै बिश्वासिलो साईटवाट मात्र किनमेल गर्दा राम्रो हुन्छ । कतिपय साईटहरुले तपाईलाई फेसबुक वा ईमेल लगइन गरेर आउन अनुरोध पनि गर्छन् । बिश्वसनिय साईट नभएको अवस्थामा आफ्नो फेसबुक र ईमेल एकाउन्ट ह्याक हुने सम्भावना पनि प्रवल हुन्छ ।

किनेको सामाग्रीलाई चेक गर्ने:
अनलाईन सपिङमा सामाग्रीहरुको फेरबदल हुने सम्भावना पनि बढी नै हुन्छ । अनलाईनमा राखिएको डिजिटल फोटोको तुलनामा बास्तविक सामाग्रीको बनावट नराम्रो हुन सक्छ भने आफुले भनेको स्थानसम्म आईपुग्दा ति सामाग्रीहरु टुटफुट हुने सम्भावना पनि बढी हुन्छ । त्यसैले अनलाईन सपिङवाट सामाग्री मगाएपछि ल्याउने मानिसकै अगाडी परिक्षण गर्नु राम्रो हुन्छ ।

साईटको जानकारी लिनुहोस्:
तपाईले कुनै सामाग्री अनलाईन मार्फत् खरिद गर्दै हुनुहुन्छ भने उक्त साईटको बिस्तृत रुपमा जानकारी पनि लिने गर्नुपर्छ । जस्तो साईटको संचालक, संचालन भएको स्थान, फोन नम्बर र ईमेल आईडीको बारेमा राम्ररी जानकारी लिने गर्नुपर्छ । यस्तो अवस्थामा केही अप्ठ्यारो परेको खण्डमा साईटको संचालकलाई सजिलै पत्ता लगाउन सकिन्छ ।

Logo