काठमाण्डौको बहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ। जिरो डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजनासहित मेलासुरु भएको हो। "/>

सुरु भयो केएल स्मार्ट मोबाइल मेला

सुरु भयो केएल स्मार्ट मोबाइल मेला

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौको बहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ। जिरो डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजनासहित मेलासुरु भएको हो। मेला सुरु भए लगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागि हुँदै मोबाइल किन्नेको भिड लागेको छ ।

चाबहिलको केएलटावरमा रहेको केएल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेको हो । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा खरिद गर्न सकिनेछ ।

ग्राहकले मोबाइलको ब्राण्डर मूल्यअनुसार ६ महिना, १ वर्षर १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइल सँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । शनिबारदेखि सुरुभएको मोबाइल मेला २ सातासम्म चल्नेछ । मेला सुरु भएको दिननै शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल खरिदगर्नका लागि १ सय ७५ बढीले फारम भरेकाछन् ।

केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउनपेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्यप्रतिशत डाउन पेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागूहुने मोबाइल हबले जनाएकोछ ।

अफरहरु केएल मोबाइल हबचाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलोतल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा दवल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ।

ग्राहकले किस्ता बन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनु पर्नेहुन्छ ।

Logo