क्यान महासंघको आयोजनामा भृकुटिमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मेलामा आज ७२ हजार ३ सय २६ जनाले अवलोकन गरेका छन् । "/>

प्रविधि मेलामा दर्शकहरुको भिड ( भिडियो सहित )

प्रविधि मेलामा दर्शकहरुको भिड ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

क्यान महासंघको आयोजनामा भृकुटिमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मेलामा आज ७२ हजार ३ सय २६ जनाले अवलोकन गरेका छन् । त्यस्तै प्रधानन्यायाधिश गोपाल पराजुली, अन्य न्यायधिशहरु, अभिनेत्री दीपाश्री निरौला, गायक स्वप्न सुमनलगायतले सोमबारको मेला अवलोकन गर्नुभएको थियो ।

यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको छ । जारी इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिव्युसनहरुले ब्रान्डिङका साथै प्रडक्ट सेल्स र सर्भिसमा पनि प्रचारप्रसार गरिरहेका छन् ।

मेलामा सबैभन्दा बढी आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक, नेटवर्किङ प्रडक्ट, कम्प्युटर एसेसोरिज, आइटी स्टार्टअपका स्टल देखिएको छ । वर्षमा एक पटक सञ्चालन हुने प्रविधिको प्रदर्शनी क्यान इन्फोटेक भोली सम्म चल्ने छ ।

भिडियो हेर्नुहोस्

Logo