काठमाडौं ।

चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । "/>

डिजिकमका हरेक उत्पादनमा २० प्रतिशत छुट

डिजिकमका हरेक उत्पादनमा २० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना उत्पादनहरुमा आकर्षक छुट दिने भएको हो ।

सन् १९९८ मा शुरु भएको ब्राण्ड डिजिकमले नेपालमा आफ्नो सेवाको २० वर्षको यात्रा पूरा गरेको छ । नेपालमा डिजिकमको सेवा केबल टीभी सञ्चालकहरुका लागि सीएटीभी उत्पादनहरुबाट शुरु भएको थियो । सो उत्पादनमा कम्पनीले सफलता पाएपछि अन्य उत्पादनहरुमा विस्तार गरेको जनाएको छ ।

सन् २००४ मा डिजिकमले नेपाली बजारमा फाइबर अप्टिक केबल भित्र्याएको थियो जुन क्षेत्रमा यो पहिलो निजीक्षेत्रको कम्पनी थियो । भृकुटीमण्डपमा जारी क्यानइन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ ।

डिजिकमका अध्यक्ष अरुण कुमार बन्सलका अनुसार हाल कम्पनीले ७०० भन्दा बढी उत्पादनहरु बजार ल्याएको छ ।

यी हुन डिजिकमका उत्पादनहरु

१. सीएटीभी

२. अप्टिकल फाइबर केबल

३. नेटवर्किङ केबल

४. कक्सिएल केबल

५. सीसीटीभी केबल

६. वायरलेस राउटर

७. सीसीटीभी सर्भेलेन्स

८. सर्ज प्रोटेक्टेड एकस्टेन्सन सकेट

९. टेलिफोन

१०. अप्टिकल फाइबर टूल्स

Logo