काठमाडौं
“सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता छ । आयोजकका अनुसार शनिबार ८४ हजार ३ सय २२ जनाले मेलाको अवलोकन गरेका छन् ।
मेलामा पुर्ब उर्जा मन्त्री महेन्द्र बहादुर शाही, माननीय प्रकाश ज्वाला लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, कलाकार, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागिता रहेको थियो ।
इन्फोटेकमा विशेष गरी इन्टरनेट सेवाप्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप÷कम्प्युटरका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, पेनड्राइभ, सीसीटिभीलगायतका स्टल, आइटी ट्रेनिङ इन्स्टिच्युटलगायतका स्टलमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
मेलाकै अवसर पारेर सफ्टवेयर, स्टार्टअप, विद्यार्थी÷कलेजको छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । विश्वविद्यालयस्तरमा भएका रिसर्च र त्यसबाट निर्माण भएका प्रोजेक्टहरु राखिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग भएका ड्रोन र रोबोटिक्स प्रविधिहरु पनि राखिएका छन् ।
भिडियो





























प्रतिक्रिया