काठमाडौं– होटलहरुमा बस्ने पाहुनाहरुलाई सबैभन्दा बढी सताउने कुरा भनेकै चप्पल हुने हो कि होईन भन्ने कुराले हो । यही समस्यालाई मध्यनजर गर्दै निसान मोर्टस कम्पनीले कुनै पनि ब्यक्तिले लगाउदा आफै गुड्ने र चाहिएको स्थानमा गएर रोकिने किसिमको चप्पलको निर्माण गरेको छ ।
अहिले होटेलका पाहुनाहरुलाई मध्यनजर गरेर निकालिएको यो चप्पल पाहुनालाई लिन होटेलको गेटसम्मनै आउने गर्छ । यो चप्पलमा दुईवटा पांग्रा, एउटा मोटर र एउटा सेन्सर रहेको हुन्छ । निसान मोर्टस्को प्रो पाइलट टेक्नोलोजीको प्रयोग गरेर यो चप्पलको निर्माण गरिएको हो । निसान मोर्टस्ले यो प्रविधिलाई आफ्नो मोटरमा पनि प्रयोगमा ल्याउन थालिसकेको छ ।
जापानको एक होटेलमा परिक्षणको रुपमा प्रयोगमा ल्याईने यो चप्पललाई पाहुनाहरुले आगामी मार्च महिना देखि लगाउन पाउनेछन् । निसानले यो चप्पलको बिकास सेल्फ ड्राईभिङ कार प्रति उपभोक्ताको जनचेतना जगाउन ल्याएको बताएको छ । यो चप्पलले जसरी आफैं गुडेर चाहेको स्थानमा पार्किङ गरेर उपभोक्तालाई विश्वस्त बनाउछ । त्यही विश्वसनियता सवारी साधनमा पनि रहोस् भन्ने कुरा निसान कम्पनीको रहेको छ । एजेन्सी


















