वाउ टाइम एपमा लाईभ टिभी

वाउ टाइम एपमा लाईभ टिभी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ असोज । नेपाल टेलिकमले मोबाइल फोनका प्रयोगकर्तालाई लक्षित गरेर लाइभ टिभी, मुभी, भिडियो र विभिन्न एफएमहरु मोबाइल एपमार्फत हेर्न तथा सुन्न सकिने एपलाई सार्वजनिक गरेको छ ।

नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा एउटै एपमा यि सुविधाहरु दिन ‘वाउटाइम’ सञ्चालनमा आएको छ । यो एपमार्फत लाइभ टिभीमा नेपाली, हिन्दी र विदेशी भाषाका विभिन्न १ सय ३० किसिमका च्यानलहरु हेर्न सकिन्छ । मुभी तथा भिडियोमा नेपाली, हिन्दी, दक्षिण भारत र विदेशी हेर्न पाईन्छ भने एफएम नेपालका लगायतका विदेशी सुन्न सकिन्छ । यो एपले निकट भविष्यमा टेलिभिजन च्यानलहरुको संख्या थप्दै जाने बताएको छ ।

यो सेवालाई अहिले नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड र पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध गराइएको छ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स सब्सक्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ ।

यो एपलाई गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिन्छ ।

अहिलेलाई निशुल्क रहेको यो एप एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एपमार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि हेर्न र सुन्न सकिन्छ ।

Skip This
Skip This
Logo