तपाईको जिमेल र यु-ट्युब ढिलो खुल्यो ? यस्तो छ खासकारण

तपाईको जिमेल र यु-ट्युब ढिलो खुल्यो ? यस्तो छ खासकारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १६ भदौ । के तपाईको जिमेल र युट्युब ढिलो खुल्ने समस्या छ ? यो तपाईको मात्र होइन सारा नेपालीको समस्या हो । केहि दिन यता नेपालमा जिमेल र युट्युब ढिला खुल्ने गरेको छ । 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको सम्बन्धि आएका गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको तर हाल गुगलले अब नेपालको आई एस पि कम्पनीहरु सँग अलग भएर नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेकोले ति वेबसाइटहरु ढिलो खुलेको आइस्पानले प्रष्ट पारेको छ ।

गुगलको यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभर लाई विगत केही महिनादेखि  गुगलले स्तरउन्नोति नगरेको कारणले बढी प्रयोग हुने  समय (वेलुका) मा सरभरहरुको क्षमता अपुग भई रहेको आइस्पानले जनाएको छ ।

इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि गुगल सर्भर स्तरउन्नोति नगरेको र अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेकोले थप समस्या भएको हो ।

Logo