युट्युवको लेआउट र सुविधामा परिवर्तन

युट्युवको लेआउट र सुविधामा परिवर्तन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ १५ । भिडियो सेयरिङ वेवसाईटमा सर्वाधिक लोकप्रिय युट्युवले आफ्नो लोगो, डेस्कटप साईट र मोवाइल एपमा परिवर्तन ल्याएको छ ।

युट्युवले ल्याएको पछिल्लो परिवर्तन अनुसार मोवाइल एपमा भिडियोलाई बिस्तारै र चाडै हेर्न मिल्ने फिचर ल्याउनुका साथै भर्टिकल र स्क्वायर गरेर हेर्न समेत मिल्ने बनाएको छ ।
युट्युवले आफ्नो लोगोमा समेत परिवर्तन ल्याएको छ । पहिलाको लोगोको तुलनामा अहिलेको लोगोले प्रयोगकर्तालाई सजिलै आकर्षित गर्नुका साथै साईटलाई सफा देखाएको दावी गरेको छ ।

युट्युवले मोवाइल एपमा ल्याएको परिवर्तनमा गुगलका अन्य वेव प्रडक्टहरुलाई समान गर्ने किसिमको रहेको छ । यसैगरी यो एप मार्फत् कुनै पनि भिडियोलाई छिटो हेर्न पनि मिल्छ भने ढिलो गरेर पनि हेर्न मिल्छ । तपाईलाई भिडियो कुन पोजिसनमा हेर्न मन लाग्छ त्यही पोजिसन गर्न मिल्छ । जस्तो तपाईलाई कुनै भिडियो ठाडो पारेर हेर्न मन लाग्छ भने भर्टिकल गर्न सकिन्छ भने छड्के गरेर हेर्न चाहनु हुन्छ भने ल्याण्डस्केप पनि गर्न सक्नुहुनेछ । फुल स्क्रिन गर्दा भने प्रयोगकर्तालाई युट्युवले अरु भिडियो पनि हेर्ने सल्लाह दिने गर्छ ।

युट्युवले डेस्कटप भर्जनमा वेव पेज सुहाउदो लोगो र डिजाइन गरेको छ । पहिलाको लोगोको तुलनामा अहिलेको लोगो गाढा बनाईएको छ । जसको कारण प्रयोगकर्ताले कुन साईट चलाएको सजिलै थाहा पाउन सक्ने छन् । डेस्कटपमा देखाईने भिडियो पहिलाको तुलनामा ठुलो थिएटर मोडमा रहेको छ । यो वाहेक च्यानलका ब्यानरहरु पनि रिडिजाईन गरेर आकर्षक बनाएको छ । (एजेन्सी)

 

Logo