फेसबुक दैनिक १० लाख एकाउन्ट बन्द गर्दै

फेसबुक दैनिक १० लाख एकाउन्ट बन्द गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० भदौ । सर्वाधिक ठुलो सामाजिक संजालको रुपमा रहेको फेसबुकले दैनिक १० लाख एकाउन्टहरु बन्द गर्ने गरेको यसको सुरक्षा हेर्ने अधिकारीले जानकारी दिएका छन् ।

२ अर्ब प्रयोगकर्ता रहेको फेसबुकमा धेरैले ग्रैहकानुनी क्रियाकलाप गर्नलाई काल्पनिक फेसबुक एकाउन्ट खोलेका छन् । फेसबुकका सुरक्षा अधिकारी एलेक्स तामोसका अनुसार धम्की दिने, अनावश्यक सामग्रीहरु पठाउने, किर्ते गर्ने र गालीगलौज गर्नेहरुलाई हामीले निरिक्षणमा राख्दै हटाउदैं गएका छौं । करोडौं मानिसहरुले नियमित रुपमा चलाइरहने हुनाले फेसबुकका प्रयोगकर्तालाई ब्यक्तिद्धारा नै निरिक्षण गर्न धेरै गाह्रो समेत हुने गरेको छ ।

कतिपय देशमा वाक स्वतन्त्रता बढी भएको अवस्थामा फेसबुकलाई त्यसको मापन गरेर स्ट्याटसलाई हटाउन पनि गाह्रो हुने गरेको छ । यसका लागि फेसबुकले अहिले विश्वभर ४ हजार ५ सय कर्मचारी स्ट्याटस मार्फत् हुने धम्की, मानहानी जस्ता बिषयको निरिक्षण गर्ने गरेका छन् । यसैविच फेसबुकले गत मे महिना देखि थप ३ हजार कर्मचारीलाई प्रयोकर्ताको स्ट्याटस, फोटो आदी निरिक्षण गर्न राख्ने जनाएको छ । (एजेन्सी)

Logo