कुशे औंसी र तीजमा टेलिकमको अफर

कुशे औंसी र तीजमा टेलिकमको अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ भदौ । नेपाल टेलिकमले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ ।
अफर अन्तर्गत जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्ट भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद गर्न सकिने छ ।

युट्युब प्याकेज अन्तर्गत १ सय रुपैंयामा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी, ६० रुपैंयामा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

डिस्काउन्टेड प्याकेज अन्तर्गत प्याक १ सय ५० र प्याक २ सय ५० उपलब्ध हुने टेलिकमले जनाएको छ । प्याक १ सय ५० अन्तर्गत १ सय ५० रुपैंयामा ६ सय एमबी र प्याक २ सय ५० अन्तर्गत २ सय ५० रुपैंयामा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

यी दुई प्याक क्रमश: खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

युट्युब डाटाका लागि वाईटी १ जीबी वा वाईटी ५०० एमबी र डिस्काउन्टेड डाटा लिनका लागि प्याक १५० वा प्याकके २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जनाएको छ । रासस

Logo