तपाईंको मृत्युसँग जोडिएको फेसबुकको यो सिक्रेट सेटिङ

तपाईंको मृत्युसँग जोडिएको फेसबुकको यो सिक्रेट सेटिङ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ भदौ ।

मृत्युपछि हाम्रो फेसबुक के हुन्छ ? न डिएक्टिभ हुन्छ, न एक्टिभ । त्यो बेकम्मा बन्छ । त्यस्तो अवस्थामा के गर्ने त ? जवाफ फेसबुकसँग छ । जवाफ मात्र होइन, समाधान पनि छ ।

तपाईंको मृत्युपछि त्यो एकाउन्ट कसैले प्रयोग गरोस् वा डिएक्टिभ होस् भन्ने चाहनुहुन्छ ? त्यही अनुसार सेटिङ मिलाउन सकिन्छ ।
यो सेटिङ प्रयोग गर्न कुनै गाह्रो छैन ।

यसका लागि तपाईंको फेसबुकको एकाउन्टमा जानुपर्ने हुन्छ । त्यहाँ लिगेसी कन्ट्याक्ट अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् । अब त्यसमुनि रिक्वेस्ट एकाउन्ट डिलेक्सन देखिन्छ । त्यसमा क्लिक गर्ने । त्यहाँ डिलिट आफ्टर डेथ अप्सन आउँछ, क्लिक गरौं । त्यहाँ तपार्इंलाई यस्तो म्यासेज प्राप्त हुन्छ– मृत्युपछि यो एकाउन्ट आफंै बन्द हुनेछ । यसका लागि फेसबुकमा नोटिफाई गर्नुपर्छ ।

यसका लागि आफ्नो एकाउन्टमा गएर लिगेसी कन्ट्याक्टमा जानुपर्छ । यहाँ चुज अ फ्रेन्ड अप्सन देखिनेछ । त्यसमा तपाईंले कुनै पनि साथीलाई एड गर्न सक्नुहुनेछ, जसले तपाईंको मृत्युपछि पनि तपाईंको एकाउन्ट अपडेट गर्न सक्नेछन् ।

एडमा क्लिक गरेपछि एउटा म्यासेज तपार्इंको साथीलाई जानेछ र त्यो तपार्इंको एकाउन्टमा एड हुनेछ । अब उक्त साथीले तपाईंको मृत्युपछि पनि फेसबुक अपडेट गर्न सक्नेछन् । तर, उसले तपाईंको फेसबुकमा लग–इन गर्न सक्ने छैन । पोस्ट पनि सेयर गर्न सक्ने छैन ।
(एजेन्सीको सहयोगमा)

Logo