हुम्लामा इन्टरनेट सेवा पुनः सुरु

हुम्लामा इन्टरनेट सेवा पुनः सुरु


हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट बिहिबारदेखि सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि आजबाट पुनः सञ्चालन भएको हो । 

इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ । महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोलीले महावु पुगेर मर्मत गरेर आजबाट सो सेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ । हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको छ । टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ । रासस

Logo