अमेरिकी स्पेश एजेन्सी नासाको परसेभरेन्स रोभरले मंगल ग्रहमा आफ्नो काम सुरु गरेको छ। रोभरले पछिल्लो पाँच हप्तामा इन्जेन्युटी हेलिकप्टरको गतिविधि रेकर्ड गर्ने तथा मद्दत गर्ने काम गरिरहेको छ । यस दौरान रोभरले आफ्नो साइन्टिफिक काम पनि सुरु गरेको छ। रोभरले आफ्नो वरपरको मास्कैम इमेजिंग सिस्टममार्फत हाइ रेजल्युशन तस्वीर पनि खिचेको छ।
रोभरको यस तस्वीरमा ४५ किमी चौडा गेग्रिन क्रेटरको ढुंगाले भरिएको सतह देख्न सकिन्छ । यो ढुंगा निकै रहस्यमयी देखिएको छ।
उक्त स्थानमा १८ फेब्रुअरीमा रोभरले ल्याण्ड गरेको थियो । रोभरले आफ्नो अन्य दुई उपकरणको मद्दतले आफ्नो वरपरको विस्तृतरुपले अध्ययनसमेत गरेको छ । वैज्ञानिक यो जान्न उत्सुक छन् कि यी ढुंगाहरु ज्वालामुखीका कारण यहाँ आएका हुन् वा नदीका कारण यहाँ छरपस्ट भएका हुन्।
ज्वालामुखीय चट्टान ज्वालामुखीमा विस्फोट भएपछि निर्माण हुन्छ। जसका कारण भूवैज्ञानिकले घडीको रुपमा काम गर्न सक्छन्। यसको मद्दतले गेग्रिन क्रेटर तथा त्यसको इतिहास तथा विकासक्रम बुझ्न मद्दत गर्छ। गेग्रिन क्रेटरका बारेमा वैज्ञानिकहरुको मान्यता यहाँ अरबौं वर्ष पहिले झरना वा नदीको डेल्टा रहेको हुनुपर्छ।
अर्कोतर्फ पानीले खिइएका चट्टान फोहोर तथा वालुवा जम्मा भएर बन्ने गर्छ। यदि यी गेग्रिन क्रेटरमा जीवन रहेको भए यी चट्टानमा जीवन बचाइ राख्ने अधिक क्षमता देखिन्छ।
रोभरको मूख्य दुई उद्देश्य छन्, जसमा पहिलो भनेको मंगल ग्रहमा जीवनका संकेत खोज्नु अर्को भनेको एस्ट्रोेवायोलजिकल महत्वका नमूना संकलन गर्नु । जसमा यी ढुंगाहरु पनि सामेल छन् । यसका लागि सन् २०३१ सम्म अभियान सुरु हुन सक्नेछ। क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी तथा परसेभरेन्स रोभर परियोजनाका वैज्ञानिक केन फार्लेका अनुसार जब यी ढुंगाहरु पृथ्वीमा देखिनेछन् त्यसबेला मंगल ग्रहको एउटा कहानी नजर आउनेछ।





























प्रतिक्रिया