मंगल ग्रहमा जीवनको खोजको दोस्रो अध्याय

मंगल ग्रहमा जीवनको खोजको दोस्रो अध्याय

केन्द्रबिन्दु
0
Shares

कैयौं देशका वैज्ञानिकले मंगल ग्रहमा जीवनको खोजीमा कैयौं यान उतारिसकेका छन् । तर, कार्नेल विश्वविद्यालयका प्रोफेसर क्रिस्टोफरको यस मामिलामा भिन्न राय छ। उनका अनुसार मंगल ग्रहमा भेटिने जीवन त्यहिं विकसित भएको हुने सम्भावना एकदमै न्यून छ । तर, जब पृथ्वीबाट मंगल ग्रहमा यान पठाइन्छ त्यसबेला सुक्ष्मजीवी किटाणु यानका माध्यमबाट त्यहाँ पुगेर विकसित भैरहेको भने हुनसक्छ । यसले मंगलमा जीवन खोजिरहेकालाई अर्कै असर पर्न सक्छ । 

बीबीसीको एउटा आर्टिकलमा मेसनले भनेका छन, नासाको जेट प्रोपल्सन ल्याबले स्पेशक्राफ्ट तयार पार्ने समयमा एकदमै कडा नियम बनाउने गरेको छ। जसका कारण कुनै पनि नचाहेको जीव मंगलमा पुग्ने कम भन्दा कम अवस्था बनोस्। तरपनि केही यस्ता जीवहरु हुन्छन् जो एकदमै सफा कोठा तथा मंगल मिशनको यात्रा पनि जिउँदो रहेर मंगल ग्रहमा पुग्न सक्छन् । 

आर्टिकलमा उनले लेखेका छन्, सुक्ष्मजीवी अरबौं वर्षदेखि पृथ्वीमा रहिरहेका छन्। जो आज हाम्रो वरपर, मानवभित्र तथा एकदमै सफा स्थानमा लगायत अन्यत्र सबै स्थानमा पाइन्छ । तर, यसले अन्तरिक्ष यात्रामा भने चुनौती ल्याउन सक्छ । 

मेसनका अनुसार यस्ता सुक्ष्मजीवीमा विशेष प्रकारको जीन हुन्छ जसले डिएनए मर्मत गर्न सक्छ र जस्तोसुकै विकिरण पनि तिनले झेल्न सक्छन् । तिनीहरु जुनसुकै उपकरणको माथि तथा अत्यन्त चिसो वातावरणमा जीवित रहन सक्छन् । 

उनका अनुसार एकदमै सफा कोठाको कारणले तिनीहरुको प्रतिरोधी क्षमतामा वृद्धि भएको हुनसक्छ जसका कारण तिनीहरु मंगल ग्रहसम्मको यात्रा पनि जीवित नै रहेर गर्न सक्छन्। यसको कारण भने इभोलुसनरी सेलेक्सन भएको पनि उनले बताए। 

मेसनका अनुसार सन् १९७१ मा सोभियत प्रोबका साथ यस्ता सुक्ष्मजीवी अथवा मानव डिएनए पनि मंगल ग्रहमा पुगेको हुनसक्छ। यस्तोमा यदि मंगल ग्रहमा जीवन भेटिएको खण्डमा पनि त्यो पृथ्वीबाटै त्यहाँ पुगेको हुनसक्छ । यदि त्यसो भएको खण्डमा पनि ती जीवाणु त्यहाँको वातावरण अनुसार नै घुलमिल भइसकेको वा जीन म्युटेशन भएर आफूलाई बदलिसकेको हुनुपर्छ। यस्तो भएमा यसले मंगल ग्रहमा बस्न अझ सजिलो बनाउँछ। 

मंगल ग्रहमा यदि यस्तै जीवन भेटिएमा यसमा थप अनुसन्धान गर्न सकिन्छ जसले दुवै ग्रहको बारेमा कैयौं जानकारी प्रदान गर्न सक्छ। 

Skip This
Skip This
Logo