देखिंदैछ वर्षको अन्तिम सुपर फ्लावर मून !

देखिंदैछ वर्षको अन्तिम सुपर फ्लावर मून !

केन्द्रबिन्दु
0
Shares

एकपटक संसारले फेरि सुपरमून हेर्ने अवसर प्राप्त गर्दैछ। हालै पिंक सुपरमून देखिएको थियो तर, यसपटक भने ब्लडमून हेर्ने अवसर प्राप्त हुँदैछ। यस चन्द्रग्रहण आगामी हप्ता देखिंदैछ । यसपटक चन्द्रमा रातो तथा ठूलो देखिनेछ। 

आगामी २६ मे मा वर्षको अन्तिम ब्लडमून देखा पर्दैछ । जो टोटल लूनर इक्लिप्सको नामले समेत चिनिन्छ । रिर्पोटका अनुसार उक्त चन्द्रग्रहण अमेरिकाको साथै अष्ट्रेलिया तथा दक्षिण अमेरिकाको पश्चिमी भाग अनि दक्षिण पूर्व एशियामा देखिने छ। उक्त ब्लडमून त्यसबेला देखिनेछ जब चन्द्रमामा पृथ्वीको छायाँ पर्न जान्छ । जसले गर्दा आकाशमा रातो रंगको प्रकाश देखिनेछ। 

ब्लडमून संसारको विभिन्न भागबाट देखिने छ। छिमेकी मुलुक भारतमा भने यो चन्द्रग्रहण केवल पाँच मिनेट मात्र देखिन्छ । तर, बाँकी संसारमा भने यस चन्द्रग्रहण १४ मिनेट ३० सेकेण्डका लागि देखिन्छ । 

जब पृथ्वीले वायुमण्डलको स्पर्श गर्छ त्यसबेला सूर्यको किरण भन्दा धेरै वेवलेन्थ वाला रातो तथा नौरंगी प्रकाशमा चन्द्रमा डुुबुल्की मार्छ । यसलाई नै ब्लडमून भनिन्छ । यसबेला चन्द्रमा रातो, नौरंगी तथा कलेजी रंगको पनि हुने गर्छ । 

बेलायतमा यसलाई फ्लावरमून भनिन्छ । मे महिनामा फूल फुल्न सुरु हुने हुँदा पनि यसलाई फ्लावरमून भनिएको हो । 

ग्रिनिचको रोयल अब्जर्भेटरीका अनुसार खग्रास चन्द्र ग्रहण दुईदेखि तीन वर्षमा एकपटक देखिने गर्छ । यही अप्रिल २६ मा सुपर पिंकमून देखिएको थियो। 

Logo