मंगल ग्रहमा दुर्घटना हुनबाट जोगियो इन्जेन्युटी हेलिकोप्टर

मंगल ग्रहमा दुर्घटना हुनबाट जोगियो इन्जेन्युटी हेलिकोप्टर


मंगल ग्रहको सतहमा नेभिगेशनको गल्तीका कारण नासाको इन्जेन्युटी हेलिकोप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ। नासाको इन्जेन्युटी हेलिकोप्टरले आफ्नो छैठौं उडानमा गलत टाइमिङका बाबजुद सुरक्षित अवतरण गरेको छ । 

जेट प्रोपल्सन ल्याबोरोटरीले २७ मे का दिन जानकारी गराए अनुसार इन्जेन्युटी हेलिकोप्टरको उडानको दौरान करिब ५४ सेकेण्डसम्म पाइपलाइनको तस्बिरमा प्राविधिक गडबडी भएको थियो। 

जेट प्रोपल्सन ल्याबोरोटरीका अनुसार तस्बिर हेलिकोप्टरमा राखिएको नेभिगेशनल क्यामराद्वारा खिच्नुपर्ने थियो तर, प्राविधिक गडबडीका कारण त्यसो हुन सकेन। प्राविधिक गडबडीका कारण नै हेलिकोप्टरको गति अचानक बढ्न गएको थियो। 

उडानको आखिरी क्षणमा हेलिकोप्टर अगाडि बढ्न बन्द भएको थियो। हेलिकोप्टरको गति एकदमै कम भएको थियो । नेशनल एरोनोटिक्स एण्ड स्पेश एडमिनिस्ट्रेशनले नेभिगेशनल क्यामराबाट खिचेको तस्बिर शेयर पनि गरेको थियो। हेलिकोप्टरको छैठौं उडानको क्रममा आखिरी २९ सेकेण्डको मात्र तस्बिर लिइएको थियो।  

Logo