जुन २२ देखि फेसबुकमा नयाँ विशेषता थप्ने तयारी

जुन २२ देखि फेसबुकमा नयाँ विशेषता थप्ने तयारी

केन्द्रबिन्दु
0
Shares

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ। अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन्। फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ। 

कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विशेषताका बारेमा परीक्षण गरिएको थियो। परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो। 

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ। 

अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन्। 

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ। 

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ। 

Logo