नोकियाले पहिलोपटक ‘ट्याब्लेट’ निकाल्दै, सस्तो हुने आँकलन

नोकियाले पहिलोपटक ‘ट्याब्लेट’ निकाल्दै, सस्तो हुने आँकलन


कुनै समय मोबाइलफोन बजारमा एकल आधिपत्य जमाएको नोकियाले अब ‘ट्याब्लेट’ पनि बजारमा ल्याउने भएको छ। सम्भावित नाम ‘नोकिया टि २०’ रहेको उक्त ट्याब्लेटमा १०.३६ इन्चको स्क्रीन रहनेछ। 

बेलायतस्थित एक मोबाइल फोन विक्रेताले जानकारी चुहावट गरेकाले आधिकारिक मूल्य भने निर्धारण भइसकेको छैन।

सन् २०१४ देखि नोकिया सो ‘ट्याब्लेट’ उत्पादनमा रहेको थियो। जानकारी चुहावट भएको वेबसाइट ‘मोरकम्प्युटर्स डट कम’ का अनुसार यो ट्याब्लेट ‘वाइफाई अन्ली’ र ‘वाइफाई + ४जी’ गरी दुई संस्करण रहेका छन्। ‘वाइफाई अन्ली’ संस्करणको मूल्य १८५ पाउण्ड र ‘वाइफाई + ४जी’ संस्करणको मूल्य २०२ पाउण्ड हाराहारी हुने दाबी उक्त वेबसाइटको रहेको छ। 

४ जिबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेजसहितको ‘नोकिया टि२०’ नीलो रंगमा आउने बताइएको छ। यसै साताको सुरुवाततिर ‘नोकिया एक्सआर २०’ फोन बजारमा आएको थियो, जसलाई १.५ मिटर गहिरो पानीमा ३० मिनेट राख्दासम्म पनि कुनै असर नपुग्ने बताइएको छ। 

Logo