गोपनीयता भंग गरेकोमा ‘जुम’ एप ८ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्दै

गोपनीयता भंग गरेकोमा ‘जुम’ एप ८ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्दै


भिडियो कन्फरेन्सिङ एप जुमले गोपनीयता भंग गरेको भन्दै आफूविरुद्ध मार्च २०२० मा परेको मुद्दा मिलाउन ८ करोड ६० लाख अमेरिकी डलर तिर्ने भएको छ। 

फेसबुक, गुगल र लिंक्डइनलाई लाखौँ जुम प्रयोगकर्ताको जानकारी उपलब्ध गराएको भन्दै जुममाथि मुद्दा चलिरहेको थियो। गोपनीयताका लागि महत्वपूर्ण मानिने ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ उपलब्ध गराएको भन्ने गलत आश्वासन दिएको र ह्याकरहरूको हस्तक्षेप गर्न जुम असफल भएको विषय पनि उक्त मुद्दामा समावेश गरिएको थियो। 

आफूले केही गलत नगरेको दाबी गरे पनि आफ्नो प्लेटफर्मको सुरक्षास्तर बढाउने जुमले प्रतिबद्धता जनाएको छ। 

मुद्दा ‘सेटल’ गर्दाको सम्झौतामा जुमले आफ्ना कर्मचारीलाई ‘डेटा ह्यान्डलिङ’ र गोपनियताबारे प्रशिक्षण दिने सर्त पनि समावेश गरिएको छ। यो ‘सेटलमेन्ट’ अदालतले सदर गर्न भने बाँकी नै छ। 

उक्त मुद्दा पैसा तिरेर जुमको प्रिमियम सेवा लिने ग्राहकहरूको हकमा दायर गरिएको थियो। 

प्रस्तावित सेटलमेन्ट पारित भएको खण्डमा हरेक प्रिमियम प्रयोगकर्तालाई सब्स्क्रिप्सन वापतको २५ डलरको १५ प्रतिशत रिफन्ड हुनेछ।

Logo