फेसबुकले लगायो भ्रामक प्रचारबारे अध्ययन गर्ने संस्थामाथि प्रतिबन्ध

फेसबुकले लगायो भ्रामक प्रचारबारे अध्ययन गर्ने संस्थामाथि प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

फेसबुकले अमेरिकास्थित न्युयोर्क विश्वविद्यालयको ‘साइबर सेक्युरिटी फर डेमोक्रेसी’ (लोकतन्त्रका लागि साइबर सुरक्षा) नामक अध्ययन संस्थामाथि प्रतिबन्ध लगाएको छ।

‘साइबर सेक्युरिटी फर डेमोक्रेसी’ले फेसबुकमा हुने राजनीतिक विज्ञापन, भ्रामक प्रचार र गलत सूचनाबारे अध्ययन गर्दै आएको छ। 

उक्त संस्थाले ‘ब्राउजर एक्स्टेन्सन’का रूपमा विज्ञापन निरीक्षक प्रयोग गर्दै आएको थियो। उक्त संस्थाले त्यस किसिमको निरीक्षकलाई ब्राउजर एक्स्टेन्सनका रूपमा जडान गर्न लगाउँछ, जसमार्फत् फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफूले देखेको विज्ञापनबारे जानकारी उपलब्ध गराउन सक्छन्। 

फेसबुकका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर माइक क्लार्कले बलगमार्फत् कुनै पनि अध्ययन अरूको गोपनियताको हनन्मार्फत हुन नहुने र उक्त संस्थाको विज्ञापन निरीक्षकले फेसबुकका सेवासर्तहरूको उल्लंघन गरेको बताएका छन्। 

सो ब्राउजर एक्स्टेन्सनले विज्ञापनदाताका नाम, फेसबुक आइडी र प्रोफाइल फोटोको लिंकजस्ता गोप्य जानकारी बिनाअनुमति संकलन गर्दै आएको फेसबुकको ठम्याइ छ। फेसबुकले उक्त संस्थालाई लगाएको प्रतिबन्धसँगै उक्त संस्थाले राम्रो राजनीतिक समर्थन प्राप्त गरेको छ। 

सिनेटको वित्त समितिका अध्यक्ष रोन वाइडेनले गोपनीयताका नाममा उसको कमजोरी औंल्याइरहेका अनुसन्धातामाथि अंकुश लगाएको बताएका छन्। 

गोपनीयता हस्तक्षेपसँग सम्बन्धित ‘क्याम्ब्रिज एनालाइटिका स्क्यान्डल’बारे अनुसन्धानको नेतृत्व गरेका अमेरिकी सांसद डेमियन कोलिन्सले फेसबुकले आफ्नो विज्ञापन संयन्त्रको स्वतन्त्र छानबिन हुन दिनेभन्दा आफ्नो स्वार्थ संरक्षणमा लागेको आरोप लगाएका छन्। 

‘प्रयोगकर्ताको गोपनीयताका लागि फेसबुकले त्यसो गर्याे भन्नु हास्यास्पद छ। उक्त विज्ञापन निरीक्षकले प्रयोकर्ताको अनुमति लिएर मात्रै जानकारी संकलन गर्दछ,’ कोलिन्सले भने। 

‘फायरफक्स’ ब्राउजरको उत्पादक ‘मोजिला’ले पनि उक्त विज्ञापन निरीक्षकको कोड आफूले जाँचेको र गोपनीयताको हनन् हुने किसिमको केही पनि नपाएको बताएको छ। 

‘उक्त विज्ञापन निरीक्षकले व्यक्तिगत पोस्ट र तपाईँका साथीबारे जानकारी संकलन गर्दैन। साथै, प्रयोगकर्ताको प्रोफाइल पनि उक्त निरीक्षकले आफ्नो सर्भरमा राख्दैन,’ फायरफक्सले ब्लगमार्फत् भनेको छ। 

(बीबीसीबाट अनुवाद गरिएको) 

Logo