सन् २०१६ मा मेक्सिकोस्थित अन्तर्राष्ट्रिय कन्फ्रेन्समा बोल्दै अर्बपति इलन मस्कले भनेका थिए, ‘मानव सभ्यताको इतिहास अब कसरी अगाडि बढ्छन् भनेर दुई विकल्प छन्। एउटा विकल्प लोप नहुन्जेलसम्म पृथ्वीमा रहने हो भने अर्को विकल्प अन्तरिक्षका अन्य स्थानमा उपस्थिति भएको बहुग्रही प्राणी हुने हो।’
अन्तरिक्ष प्रविधिमा काम गर्ने कम्पनी ‘स्पेस एक्स’मार्फत् मस्क आफ्नो अभियान अघि बढाइरहेका छन्। छोटो समयमा नै उच्चस्तरीय अन्तरिक्ष यात्रा प्रविधि विकास गर्न सफल ‘स्पेस एक्स’ले अन्तरिक्ष यात्रामा निजी क्षेत्रको प्रतिस्पर्धाको वातावरण नै सिर्जना गरेको छ। अब भने ‘स्पेस एक्स’ले मंगल ग्रहमा एकपटकमा १ सय जनासम्म पुर्याउन सक्ने नयाँ अन्तरिक्ष यान ल्याउने भएको छ।
यसको परीक्षण सन् २०२१ भित्रै गरिने पनि ‘स्पेस एक्स’ले जनाएको छ।
कस्तो हुनेछ ‘स्टारशिप’?
यो यान ‘सुपर हेभी’ नामको यानमा अड्नेछ। ‘स्टारशिप’ र ‘सुपर हेभी’ को उचाइ जोड्दा १ सय २० मिटर अग्लो हुन सक्छ। यानको पछिल्लो भागमा मिथेन ग्यास र तरल अक्सिजनबाट चल्ने ६ वटा र्याप्टर इन्जिन हुनेछन्।
यान पृथ्वीमा फर्काउन चाहिने इन्धनका लागि मंगल ग्रहको सतहबाट मिथेन ग्यास उत्पादन गरिने बताइएको छ।
सन् १९६०–७० को दशकमा चन्द्रमा यात्राका लागि बनाइएको ‘अपोलो’ मिसनमा प्रयोग भएको ‘स्याटर्न फाइभ’भन्दा शक्तिशाली ‘स्टारशिप’मा प्रयोग हुने ‘सुपर हेभी’ हुनेछ।
तस्विरहरू

जनवरी, २०२१ मा अमेरिकास्थित टेक्सासको बोकाचिकामा ‘स्टारशिप’को प्रोटोटाइप (नमूना) ‘एसएन १५’ को परीक्षण उडान

‘स्टारशिप’मा प्रयोग हुने र्याप्टर इन्जिन

‘सुपर हेभी’बाट छुट्टिँदै गरेको ‘स्टारशिप’को सिमु्लेसन

नासाको चन्द्रमाको ‘आर्टेमिस’ यात्राका लागि पनि ‘स्टारशिप’ को छुट्टै संस्करण तयार गर्दैछ
तस्विरहरू-स्पेस एक्स





























प्रतिक्रिया