विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधारणलाई अन्तरिक्ष पठाएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ। एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधारण सवार यात्रु दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो।
स्थानीय समयअनुसार बुधवार बिहान ५ बजेर ४८ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट सो मिसन सुरु भएको थियो। चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो।
अमेरिकन अर्बपति व्यापारी जैरेड आईज्याकम्यानले अन्तरिक्ष यात्राको प्रायोजन गरेका हुन्। अन्तरिक्षमा जाने अन्य तीन जनाको नाम आईज्याकम्यान आफैंले छनौट गरेका थिए। अन्तरिक्ष विज्ञका अनुसार सन् १९७२ पछि पृथ्वीबाट सबैभन्दा धेरै उचाईमा पुग्ने पहिलो मानव अभियान हो।न्युज कारखाना
प्रतिक्रिया