डुकुछापमा डिशहोमको नयाँ स्याटलाइट टेलिपोट स्थापना

डुकुछापमा डिशहोमको नयाँ स्याटलाइट टेलिपोट स्थापना

केन्द्रबिन्दु
0
Shares

डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिपोट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोटबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटलाइट टेलिपोट स्थापना गरेको हो । 

अव कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटलाइट टेलिपोट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिशहोमको स्टेसन मार्फत फाइबर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटलाइट टेलिपोटसम्म पुर्‍याई डिशहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरी प्रसारण गर्ने क्षमता राख्दछ ।  

Logo