आईपीओ निष्काशन गर्न माइखोलाले डाक्यो साधारणसभा

आईपीओ निष्काशन गर्न माइखोलाले डाक्यो साधारणसभा


माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । 

सभाले कम्पनीको आईपीओ निष्काशन बारे विशेष निर्णाय गर्ने जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८र०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीको योजना छ ।

Logo