भेटियो एप: अब तपाईँले भनेकै समय सेवा

भेटियो एप: अब तपाईँले भनेकै समय सेवा


सबै व्यवसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि छिटो र सरल एप भेटायो सञ्चालनमा आएको छ ।

व्यवसायिक सेवा प्रदायक, भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरू सञ्चालन गरेको छ । यसले घरेलु तथा व्यवसायिक सेवाहरू प्रदान गरिरहेको छ । व्यवसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाइ, ब्यूटीशीयन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने  योजना रहेको कम्पनीले जनाएको छ । 

यो एप आइओएस र एन्ड्रोइड दुबैमा उपलब्ध छ । समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई

एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरी भेटायोको सुरुवात गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले भनेको छ ‘हामीले ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी तपाईँकै घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेका हौँ । जहाँ हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् । हाम्रो एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखी “भेटायो सेवा“ को स्थापना गरेका हौँ ।’

“भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउने र यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिने कम्पनीको जिकिर रहेको छ । 

एपमा क्लिक गर्ने बित्तिकै तपाईँले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सक्ने कम्पनीको दाबी रहेको छ ।

एप किन प्रयोग गर्ने ?

१. उचित र पारदर्शी मूल्य प्राप्त गर्न ।
२. अनुभवी सेवा प्रदायकहरू छनोट गर्न ।
३. सेवामा ३० दिनको ग्यारेन्टी पाउन ।
४. विविध प्रकारका सेवाहरू सजिलै पाउन

भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको छ ।  हाल काठमाडौं उपत्यकामा सीमित सेवा निकट भविष्यमा अन्य सहरहरूमा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

भेटायोले घरेलु समस्याहरूलाई समाधान गर्नका लागि विभिन्न सेवाहरूद्वारा बजारमा परिवर्तन ल्याउने सोच बनाएको कम्पनीको भनाइ छ ।

कार्यविधिलाई पालना नगरेको, सेवामा ढिलाइ, समय तालिका व्यस्तता वा मूल्य एकरूपता नभएको आदि समस्याले गर्दा विभिन्न समस्या आइरहेका तथा प्रयोग हुने सामग्रीहरू, तिनीहरूको गुणस्तर र लागत सहितका कुरा ग्राहकहरूलाई सामान्यतया जानकारी नगराउने गरेको भन्दै मूल्यमा एकरूपतामा ल्याउने उद्देश्यका साथ सेवामा ग्यारेन्टी सहित पारदर्शी रुपमा समयमै सेवाहरू उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको छ।

कम्पनीले समय तालिका मिलाएर बुक गर्दा सेवा प्रदायक सोही समयमा तपाईँको स्थानमा आइपुग्ने निश्चिततासमेत व्यक्त गरेको छ ।

Logo