फेब्रुअरी २०२१ देखि मंगल ग्रहको सतहको सर्वेक्षण गरिरहेको नासाको पर्सेभेरेन्स रोभरले पहिलो पटक मंगल ग्रहको वातावरणमा भएको आवाज रेकर्ड गरेको छ।
टुलुज तेस्रो विश्वविद्यालयका एक प्राज्ञिकको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोली १ पल सबाटियर सम्मिलित वैज्ञानिकहरूको समूहले मंगलग्रहमा रेकर्ड गरिएको ध्वनीहरूको विश्लेषण गरेका हुन् । त्यो रिसर्चको नतिजा फ्रान्समा निर्माण गरिएको सुपरक्याम उपकरण प्रयोग गरेर प्राप्त भएको थियो । फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेसनल सेन्टर फर स्पेस स्टडीमा (सीएनइएस) काम गर्ने वैज्ञानिकहरुको टोलीले सो निष्कर्ष गत अप्रिल १ मा प्रकाशित गरेका छन् ।
५० वर्षदेखि विभिन्न अनुसन्धानकर्ताहरुले मंगल ग्रहको सतहका हजारौं आकर्षक तस्बिरहरू लिए । तर यसभन्दा पहिलेका कुनै पनि अनुसन्धानमा आवाज रेकर्ड गरिएको थिएन । तर पर्सेभेरेन्स रोभरले पहिलो पटक मंगल ग्रहको आवाज रेकर्ड गरेर इतिहास कायम गरेको छ। पर्सेभेरेन्स रोभरलले पहिलो पटक फेब्रुअरी महिनामा रातो ग्रह(मंगल)बाट आवाज रेकर्ड गरेका थिए । यो रिसर्चभन्दा पहिले वैज्ञानिकहरुले मंगलग्रह निकै शान्त भएको खुलासा गरेका थिए । यति शान्त कि वैज्ञानिकहरूले सोचे पर्सेभेरेन्स रोभरलको माइक्रोफोनले काम गरेकै छैन ।
सो अनुसन्धानले मंगल ग्रहमा आवाजको गति पृथ्वीको तुलनामा कम देखाएको छ पृथ्वीमा आवाजको गति ३४० एम/एस छ भने मंगलग्रहमा २४० एम/एस छ ।
सबैभन्दा अचम्मको कुरा के छ भने मंगल ग्रहमा दुईवटा आवाजको गति रहेको पत्ता लागेको छ। अनुसन्धानले मंगलमा आवाजको तिखोपन पृथ्वीको तुलनामा बढिरहेको देखाएको छ। पर्सेभेरेन्स रोभरलले मिसनको एक वर्षपछि पाँच घण्टा लामो रेकर्डिङ गरेको थियो।एजेन्सी


















