‘हाम्रोपात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्रश्राद्धको ‘सीदादान’ गर्न सकिने

‘हाम्रोपात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्रश्राद्धको ‘सीदादान’ गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रोपात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदादान’ गर्न सकिने सुविधा ल्याएको छ। कोभिड १९ को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञानको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नु पर्ने अहिलेको अवस्थामा पण्डित रगुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदादानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ।यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रोपात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदादान गर्ने विधि सार्वजनिक गरेको हो।

यो सेवा अन्तर्गत हाम्रोपात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कल मार्फत सीदादानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन्। हाम्रो अनलाइन ज्योतिषसेवा अन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पणमा यो विशेष कार्य सम्पन्न गर्न सकिनेछ।

“अहिलेको विषम परिस्थितिमा पितृस्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनु भन्दा सीदादान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ ” ज्योतिष गुरु नारायण प्रसाद दुलाल बताउँछन् ।

गुरु दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १ बजे सम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजे सम्म यो सेवा उपलब्ध हुनेछ ।

Logo