एनआईसी एसियाद्वारा ओम्नी च्यानलमा मोबाइल बैंकिङ एप स्तरोन्नति

एनआईसी एसियाद्वारा ओम्नी च्यानलमा मोबाइल बैंकिङ एप स्तरोन्नति

केन्द्रबिन्दु
0
Shares

एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुसार एनआईसीले डिजिटल सुविधाहरू स्तरोन्नति गरिरहेको छ । ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थान र जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवा उपयोग गर्न सकिनेछ । हाल एनआईसी एसियाका मोबाइल बैंकिङ प्रयोगकर्ताले त्यसैलाई अपडेट गरेर ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् ।

यस्तै नयाँ ग्राहकले प्ले स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्नेछन् । सो एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्डका लागि अनुरोध गर्न सक्नेछन् । साथै मुद्दती खाता खोल्ने, चेक अनुरोध गर्ने, ई–कमर्श सुरु गर्नेलगायत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।
 

Logo