बृहस्पति ग्रहमा आएको ठुलो आँधीको तस्बिर

बृहस्पति ग्रहमा आएको ठुलो आँधीको तस्बिर

केन्द्रबिन्दु
0
Shares

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेम्स वेभ टेलिस्कोपले बृहस्पति ग्रहमा आएको ठुलो आँधीको तस्बिर लिएको छ । 

त्यो आधी पृथ्वी भन्दा पनि ठुलो भएको नासाको वैज्ञानिक बताउछन् । जेम्स वेभ टेलिस्कोपले जुलाई १२ मा आफ्नो पहिलो तस्बिर जारी गरेको थियो । 

यसले ब्रह्माण्डको सबैभन्दा टाढाको तस्विर लिएको थियो । १० अर्ब डलरको लागतमा बनेको टेलिस्कोपले लगातार पृथ्वीमा तस्बिर पठाइरहेको छ ।

१२ जुलाईका दिन हजारौं आकाशगंगा संग्रहित तस्बिर प्रकाशित गरेको जेम्स वेभ टेलिस्कोपले पुन एक पटक हाम्रो सौर्यमण्डलमा रहेको बृहस्पति ग्रहको तस्वीर लिएर सबैको ध्यान आफ्नो तर्फ तानेको छ ।

सार्बजनिक बृहस्पति ग्रहका तस्बिरहरू जेम्स वेभको मिशन टोलीका सदस्यहरूले टेलिस्कोपका उपकरणहरूको जाँच गर्दा भएको थियो । 

वास्तवमा जेम्स वेभले यो तस्बिर कुनै क्यामेराले खिचेको भने होइन । उसले आफ्नो इन्फ्रारेड गेजबाट खिचिएको हो ।

Skip This
Skip This
Logo