५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने

५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने

केन्द्रबिन्दु
0
Shares

५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने भएको छ ।

नासाका अनुसार १७ जुलाई अर्थात आज एक विशाल क्षुद्रग्रह (एस्ट्रोएड) पृथ्वीको धेरै नजिकबाट गुज्रिने छ । झन्दै ५० तले अग्लो भवन जस्तो आकारको यो क्षुद्रग्रह राइफलको गोली भन्दा झन्दै ८ गुणा बढी गतिमा पृथ्वीको धेरै नजिकैबाट जानेछ । १०० वर्षे यात्रामा आज क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकबाट जाने छ । 

नासाका अनुसार यो क्षुद्रग्रह पृथ्वीबाट करिब १६ लाख किलोमिटर टाढाबाट पृथ्वीलाई नियालेर यात्रा गर्ने छ । वैज्ञानिकहरुले सो क्षुद्रग्रहलाई एस्ट्रोएड २०२२ केवाई ४ नाम दिइएको छ । यो क्षुद्रग्रह यसभन्दा अघि सन् १९५९ र १९४८ मा पनि पृथ्वीको नजिकबाट गएको थियो ।
 

Logo