मंगल ग्रहको सतह निलो भनिएको तस्विर नक्कली भएको खुलासा

मंगल ग्रहको सतह निलो भनिएको तस्विर नक्कली भएको खुलासा


नासाले मंगल ग्रहको नयाँ तस्बिर जारी गरेको छ । तस्बिरमा रातो ग्रहको सतह निलो देखिएको छ । यो तस्विर हेरेपछि नासाको सतहमा कुनै ठाउँ साँच्चै नीलो छ कि भनेर सोधिएको छ । यसको लागि सही जवाफ हामीलाई थाहा दिनुहोस् ।

 मंगल ग्रह सौर्यमण्डलको एक मात्र यस्तो ग्रह हो जसलाई हामी यसको नामले भन्दा रातो रंगको ग्रहका रूपमा बढी चिन्छौं । तर नासाले हाले सार्वजनिक गरिएको तस्विरमा मंगलग्रहको सतह नीलो देखिएको छ । 

यसअर्थ के मंगल ग्रहको सतह नीलो रंगको छ ? यो तस्बिर मंगल ग्रहको भूमध्य रेखाको उत्तरमा गाम्बोवा क्रेटर भित्री क्षेत्रको हो । तस्विर अनुसन्धानकर्ताहरुका मंगल ग्रहमा देखिएको निलो रंगको सतह नक्कली भएको बताएका छन् । मंगल ग्रहमा लिईएको सो तस्विरलाई निलो रंगको छवि प्रयोग प्रशोधन मार्फत बनाइएको अध्ययनकर्ता बताउँछन् । 

मंगल ग्रहको वास्तविक रंग नै रातो हो । नासाले मंगल ग्रहबाट सतहको नमूना ल्याउने तयारी गरिरहेको छ । मंगल ग्रह हाम्रो सौर्यमण्डलको एक मात्र ग्रह हो जसमा जीवनको विकास भएको हुनसक्ने वैज्ञानिकहरू विश्वास गर्दै आएका छन् ।

हाल नासाद्धरा मंगलमा पठाईएको रोभरले जीवनको खोजीमा मंगल ग्रहमा विभिन्न तस्विर तथा सतहको नमूनाका फोटोहरू लिइरहेको छ । 
 

Logo