कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयद्वारा निवेदन माग

कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयद्वारा निवेदन माग


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ।

शनिबार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी सूचनामा सबै सेवा समूहका दसौं तहमा र प्रशासन सेवा, सामान्य प्रशासन समूह, विविध सेवा र आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहका छैटौं र आठौँ तहमा स्तर वृद्धि हुने योग्यता पुगेका उम्मेदवारहरूले तीस दिनभित्र निवेदन दिन भनिएको छ।

Logo