महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे

महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे


पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ ।

मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल छन्।

यसैगरी सदस्यमा गोमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी छन् ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा महिला व्यवसायीको भूमिकालाई सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अधिवेशनको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पर्यटनको विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्षरुपमा महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय सङ्गठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नुपर्ने आवश्यकता औल्याइन् ।

अहिले कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा रु १९२ अर्बको प्रत्यक्ष लगानी र रु ५०० अर्ब निजी क्षेत्रकोे लगानी जोखिममा रहेको उनले जानकारी दिइन् ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक सशक्तीकरणले महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन ।

 

Logo