काठमाडौं ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित मुलुकबाट आएका पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको संयोजकत्वमा रहेको कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिले बुधबार मार्च २० को मध्य रातिदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवागमनमा रोक लगाउने निर्णय गरेको हो।
समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युरोपका सबै मुलुकहरू, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलकबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाइने छ।’
समितिले विदेशस्थित कुटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरू समेत जानकारी गराउने बताएको छ। चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वभर महामारीको रूप लिएपछि नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। नागरिकबाट





























प्रतिक्रिया