बौद्ध क्षेत्रलाई पर्यटन प्रबर्धन गर्ने उद्देश्यसहित ‘हेरीटेज वाक’ सम्पन्न (भिडियोसहित)

बौद्ध क्षेत्रलाई पर्यटन प्रबर्धन गर्ने उद्देश्यसहित ‘हेरीटेज वाक’ सम्पन्न (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय कला, संस्कृति र विश्वसम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा क्षेत्रलाई प्रबर्धन गर्ने उद्देश्यसहित शनिबार ‘हेरीटेज वाक’ कार्यक्रम सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम जेभियर इन्टरनेशनल स्कुल र बौद्ध क्षेत्र बिकास समितिले संयुक्त रुपमा आयोजना गरेका थिए ।

बौद्ध गेटबाट सुरु भएको पदयात्रा जोरपाटीको चामुण्डा मन्दिर पुगि जेभियर स्कुलमा फर्किएर समापन भएको थियो । पदयात्रामा जेभियर इन्टरनेशनल स्कुल र बौद्ध क्षेत्र बिकास समितिसहित नेपाल स्काउट, नेपाल ट्राफिक, नेपाल पुलिस, लगायत विभिन्न संघसस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विश्व सम्पदा सूचिमा सुचिकृत बौद्ध क्षेत्रलाई थप प्रबर्धन गर्नुपर्ने बताए ।

Logo