कोरोना भाइरसका कारण चिनीयाँ पर्यटक घटेपछि नेपालका होटल व्यावसायी चिन्तीत

कोरोना भाइरसका कारण चिनीयाँ पर्यटक घटेपछि नेपालका होटल व्यावसायी चिन्तीत

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई

काठमाडौं ।

चीनमा सुरु भएको कोरोना भाइरसका कारण उत्पन्न समस्याप्रति नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का लागेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसँगै पर्यटन व्यवसायी र होटल व्यवसायीहरु उत्साहित भई जोस र जाँगरका साथ काम गरिरहेका बेला भ्रमण वर्षको सुरु महिनामै मित्रराष्ट्र चीनको वुहानबाट सुरु भएको र नेपालमा चिनीयाँ पर्यटक घटेपछि यहाँको पर्यटन व्यवसायमा धक्का लागेको हो । यस प्रति सम्बन्धित व्यावसायीहरु चिन्तित छन् ।

कोरोना भाइरसले संसारभरी नै अप्ठ्यारो अवस्था उत्पन्न गराइरहेको छ । चीनमा उत्पन्न भएको यो अप्ठ्यारो परिस्थितीसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति नेपाल भ्रमण वर्ष २०२० र नेपाल होटल एशोसिएसनको साथ र सहयोग रहेको मंगलबार आयोजित एक कार्यक्रममा जानकारी गराइयो ।

‘नेपाल भ्रमण वर्ष २०२० र नेपाल होटल एशोसिएसन कोरोना भाइरसबाट बिचलित नभई सतर्कतापूर्वक आफ्नो अभियानमा सहभागि भइरहेको छ । चीन नेपालको दोस्रो ठूलो पर्यटन बजार हो । तर, कोरोना भाइरसका कारण चीन र त्यहाँका ट्राभल कम्पनीहरुले निर्धारित अन्तर्राष्ट्रिय टुर प्याकेज सञ्चालन गर्न सक्ने अवस्था छैन । जनवरी महिनामा चिनियाँ पर्यटक आउने क्रम घटेपनि आगामी दिनमा संख्या बृद्धि हुनेमा आशावादी रहेको नेपाल होटल एशोसिएनकी अध्यक्ष सृजना राणाले बताइन्’ ।

‘बेला बेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देखा पर्ने विभिन्न किसिमका रोग तथा आपत बिपद्को सामना गर्दै पर्यटन व्यवसायी र होटल व्यवसायी अगाडी बढिरहेको अवस्था थियो । अहिले पनि कोरोना भाइरसको सामना गरी अगाडी बढ्ने नेपाल भ्रमण २०२० का संयोजक सुरज वैद्यले बताए ।

‘अन्य मुलुकको तुलनामा नेपाल कोरोना भाइरसबाट अहिलेसम्म सुरक्षित रहेको नेपाल सरकारले प्रष्ट पारिरहेको छ । यस सम्बन्धमा नेपाल भ्रमण वर्ष २०२० र नेपाल होटल एशोसिएसनले आधिकारिक सूचना जारी गरेको छ । नेपाल होटल एशोसिएसनले आफ्ना सदस्य होटलहरुलाई कुनै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र सजग रहन सूचना जारी गरेको छ । भाइरसले हुन सक्ने संक्रमणका बारेमा सावधानी अपनाउन प्रत्येक होटलहरुमा हान्ड सेनिटाईजरको व्यवस्था गराउने साथै हात राम्ररी पखाल्ने, राम्ररी पकाइएको खानेकुरा मात्र खान दिने सूचना दिइएको छ । पाहुनाहरुमा त्यस्तो कुनै संकेत देख्ने वित्तिकै अस्पताल लैजाने व्यवस्था गरेको पनि नेपाल होटल एशोसिएसनकी अध्यक्ष सृजना राणाले बताइन् ।

चीन सरकारले कोरोना भाइरसको संक्रमण अन्य मुलुकमा फैलन नदिनका लागी देखाएको सतर्कता सराहनीय छ । यसै सम्बन्धमा राष्ट्रिय पर्यटन उद्योगमा पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न होटल संघ नेपाल, नेपाल सरकार, नेपाल भ्रमण वर्ष २०२०, नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न सरोकारवाला निकायसँगको साथ र सहयोगमा क्रियाशील रहने नेपाल भ्रमण २०२० का संयोजक सुरज वैद्यले बताए ।

Logo