काठमाडौँमा भ्रमण वर्ष लक्षित सांस्कृतिक कार्यक्रम हुने

काठमाडौँमा भ्रमण वर्ष लक्षित सांस्कृतिक कार्यक्रम हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–१५ ले नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले पुस १६ देखि २२ गतेसम्म स्वयम्भूमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्न मुलुकका सबै जाति समुदायका नृत्य, संस्कृति, वेषभूषाको प्रतिनिधित्व हुने गरी उक्त कार्यक्रम गर्न लागिएको हो ।

सेना, सशस्त्र, प्रहरी, राष्ट्रिय कलाकारको सहभागितामा प्रत्येक दिन गरिने कार्यक्रममा लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए। भ्रमण वर्षको प्रचारका लागि सरसफाइ, स्थानीय विकास, पूर्वाधार निर्माणलगायत कार्यलाई प्राथमिकतामा राखेको वडाले विदेशी पाहुनालाई राम्रो आतिथ्य तथा सत्कार गर्नका लागि स्थानीयवासीलाई आग्रह गरेको छ ।

स्थानीय होटल तथा पसलमा सेवा लिन वा सामग्री किन्नका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र सामग्रीको मूल्यमा एकरुपता कायम राख्न वडाले सरोकार पक्षसँग छलफल गरेको छ । सप्ताहव्यापी रूपमा गर्न लागिएको सो कार्यक्रम सम्पन्न गर्नका लागि २० लाख विनियोजन गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको प्रचारका साथै थप पर्यटकीय गन्तव्यको खोजी गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
रासस

Logo