रत्न मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ : मन्त्री भट्टराई

रत्न मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ : मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रत्नमन्दिर र हिमागृहलाई खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराद्वारा आयोजित २१ औँ संस्करणको सडक महोत्सवको शनिबार उद्घाटन गर्दै उनले नेपाल ट्रष्टको स्वामित्वमा रहेका ती दुई दरबारलाई खुला गरेर पर्यटकको गन्तव्यका रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

उनले भने, “रत्नमन्दिर र हिमागृहलाई भाडामा दिनेभन्दा पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्दछ । यसले पोखराको पर्यटनलाई थप विकास गर्न सहयोग पुग्दछ ।” भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज लगायतका शहरबाट पोखरामा हवाई सेवा शुरु गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

प्रदेशसभा सदस्य राजीव पहारीले नयाँ वर्षमा रत्नमन्दिर खुला गर्ने तयारी रहेको जानकारी दिँदै यसको भौतिक पूर्वाधार विकासका लागि २५ लाख विनियोजन गरिएको बताए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको प्रवद्र्धनमा सडक महोत्सवले योगदान दिएको चर्चा गर्दै पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने स्पष्ट पारे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्नमन्दिर र हिमागृहलाई भाडामा दिए फेरि आन्दोलनमा जाने चेतावनी दिँदै यसलाई पर्यटनको आकर्षण बनाउनुपर्ने माग गरे । रेबानका कार्यवाहक अध्यक्ष सङ्घर्ष विष्टले पोखरा सडक महोत्सवले नेपालको गौरव बढाएको उल्लेख गरे । महोत्वसका संयोजक लक्ष्मण बरालले देशको आर्थिक वृद्धिमा समेत सडक महोत्सवले टेवा पुगेको चर्चा गरे ।

महोत्सवको उद्घाटनका अवसरमा आयोजित झाँकी ¥यालीमा पुनःसमाज पोखरा पहिलो हुँदै ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । चिउली पार्चे तमु समाज दोस्रो हुँदै ३० हजार, नाग्ग्याल आधारभूत गुम्बा विद्यालय भएर २० हजार तथा फेवा डुङ्गा व्यवसायी सङ्घले सान्त्वनासहित १० पुरस्कार प्राप्त गरेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा आयोजना गरिएको महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सांस्कृतिक, साङ्गीतिक र विभिन्न खानाका परिकार राखिनेछ भने नयाँ वर्षको भव्य शुभारम्भ गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Logo