तिलिचो उडेका ६ वटा हेलिकप्टर लमजुङमा आकस्मिक अवतरण

तिलिचो उडेका ६ वटा हेलिकप्टर लमजुङमा आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

लमजुङ,
तिलिचो भ्रमणका लागि पर्यटक लिएर उडेका ६ वटा हेलिकप्टर लमजुङको सदरमुकाम बेसीशहरमा आकस्मिक अवतरण भएका छन् । मनाङस्थित तिलिचो ताल अवलोकनका लागि भारतीय पर्यटक लिएर उडेका ६ वटा हेलिकप्टर बेसीशहरमा आकस्मिक अवतरण भएका हुन् ।

संसारकै सबैभन्दा उचाईमा रहेको तिलिचो ताल अवलोकनका लागि ३१ जना भारतीय पर्यटक लिएर विभिन्न कम्पनीका ६ वटा हेलिकप्टर काठमाडौंबाट मनाङ उडेका थिए । तर, निरन्तर वर्षाका कारण मनाङमा मौसम खराव भएपछि सवै हेलिकप्टर लमजुङ सदरमुकाम बेसीशहरमा अवतरण भएका हुन् ।

मंगलबार विहान ९ वजेदेखि मनाङतर्फ उडानको प्रयास गरेपनि लमजुङको माथिल्लो भाग देखिनै मौसम अनुकुल नहुँदा उडान हुन सकेको थिएन । मध्यान्ह १२ः३० वजेतिर लमजुङको मौसममा केही सुधार आएपछि मनाङतर्फ उडेका ६ वटै हेलिकप्टर पुनः मनाङको नासोङ–१, तालमा अवतरण भएका थिए ।

नासोङ गाउँपालिका अन्तर्गत दानक्यु माथिको आकाशसम्म पुगेर मौसम अनुकुल नभएपछि पुनः तालगाउँ फर्किएर अवतरण भएको सिम्रिक एयरलाईन्सका पाईलट क्या. सिद्धार्थ गुरुङलाई उधृत गर्दै मनाङका प्रहरी प्रमुख टीकाबहादुर कार्कीले जानकारी दिए । मौसम प्रतिकुल नभएपछि बेसीशहरमा अवतरण भएको उनीहरूलाई मनाङ प्रशासनले नै माथि नआउन आग्रह गरेको थियो । सदरमुकाम चामे भन्दा माथिको मौसम झनै अनुकुल नभएकोले जोखिम मोलेर माथि नजान आग्रह गरेको मनाङका प्रमूख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।
कारोबारबाट

Logo