एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए धवन, मार्चमा फेरि नेपाल भ्रमणमा आउने ईच्छा

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए धवन, मार्चमा फेरि नेपाल भ्रमणमा आउने ईच्छा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।

उनीहरूले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए । एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

यसअघि उनले एनपिएलका क्रममा पशुपतिनाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् । कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाएँ ।’ उनले भने ।

Logo