काठमाडौँ । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा हेम्स अस्पतालमा निधन भएको हो ।
घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
घले सक्सेस ट्राभल्सका सञ्चालक हुन् । उनले ट्राभल्ससङ्गै अन्य व्यावसाय पनि सञ्चालन गर्दै आएका थिए । नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनका लागि उनको महत्त्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
घलेको निधनसँगै नेपालले एक सफल युवा पर्यटन व्यावसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससँग सम्बन्धित संघसंस्था र पर्यटन व्यावसायीहरूले दुःख व्यक्त गरेका छन् ।





























प्रतिक्रिया