युवायुवतीहरुको मनोरञ्जनको मुडप्रेसको गतिलो माध्यम हो पिकनिक । विगत केही वर्षदेखि अनिवार्य आवश्यकता जस्तै बन्दै गएको छ पिकनिक । "/>

पिकनिकका लागि प्रख्यात ककनी

पिकनिकका लागि प्रख्यात ककनी

केन्द्रबिन्दु
0
Shares

युवायुवतीहरुको मनोरञ्जनको मुडप्रेसको गतिलो माध्यम हो पिकनिक । विगत केही वर्षदेखि अनिवार्य आवश्यकता जस्तै बन्दै गएको छ पिकनिक । राजधानी भित्रको कोलाहलयुक्त वातावरणमा पीकनिक असम्भवप्रायः नै छ । शान्त वातावरण, रमाइलो भू–बनोट, हरियो जंगल, सुन्दर हिमश्रृखलाहरुको अवलोकन, पीकनिकलाई थप रोचक बनाउने विषयहरु हुन् । त्यसैले पीकनिकका लागि यस्तै वातावरणयुक्त ठाउँ खोजिन्छ । पीकनिकमा रमाउन चाहने धेरैलाई थाह छ, राजधानी नजिकैका पीकनिक गन्तव्यहरु ।
थानकोट, दक्षिणकाली, गोदावरी, वुढानिलकण्ठ, चाँगुनारायण, नगरकोट, धुलिखेल, दोलालघाट , सुन्दरीजल, भोटेचौर र ककनी राजधानी नजिकैका आधुनिक सुविधा सम्पन्न पीकनिक गन्तव्यहरु हुन् । जहाँ वर्र्षैभरि नै पिकनिक जानेहरुको बाक्लै भीड हुने गर्छ । यी राजधानीका चलेका गन्तव्यहरु बाहेक बाहिरी जिल्लाहरुमा पनि स्थानियस्तरमै विभिन्न ठाउँहरु पीकनिकका लागि रोज्ने गरिएको पाइन्छ ।

कुनै जाती विशेषका आफ्नै साँस्कृतिक विशेषता भए जस्तै पीकनिकको पनि आफ्नै महत्व त छ नै । के छ त यसको पौराणिक महत्व ? जानकारहरु भन्छन् –‘ त्रेता युगमा भगवान श्रीरामकी पत्नी सितालाई लंकाका राजा रावणले हरण ग¥यो । सिताको खोजीमा राम लक्ष्मण २ दाजुभाईले धेरै समय जंगलमा बिताउनु प¥यो । उनीहरुले जंगलमा वास बसे , खाना खाए अनि धेरै समय पछि सिता भेटिएपछि रामले जंगलमै आफन्तहरुलाई भोज खुवाए । त्यसपछि वनमा गएर भोज खाने वनभोजको परम्परा बस्यो । यहि वनभोज अहिले आएर आधुनिकता सहितको पीकनिक भएको हो ।’ नुवाकोटको ककनीका ८० वर्षिय वृद्ध भक्त बहादुर लामा भन्छन्–“ पीकनिकको आफ्नै साँस्कृतिक महत्व भए पनि अहिले यस प्रति विकृतिहरु वढी भित्रीएका छन् । यो राम्रो होइन ।”

पीकनिकको पुरानो पक्ष जे भए पनि यसमा अहिले आधुनिकताले प्रवेश पाएको पक्कै हो । त्यसैले यसलाई व्यवसायकै रुपमा संचालन गर्नेहरुको पनि कमी छैन , अहिले । राजधानीबाट नजिकै रहेको नुवाकोट जिल्लाको ककनी आधुनिक सुविधा सम्पन्न भरपर्दो पीकनिक स्थल हो । यहाँ विगत २ दशक भन्दा वढि समय देखि नेपाल पर्वतारोहण संघ, ककनी गणेशदेवी निमावि , तथा अन्य स्थानिय क्लवहरुद्धारा संचालित करिब ५० वटा पीकनिक स्पटहरु रहेका छन् । चिसो वातावरण, हिमाली दृष्यहरुको अवलोकन गर्न सकिने, हरियाली वनजंगल अनि राजधानीको कोलाहलयुक्त वातावरण भन्दा विल्कुलै आनन्द आउने पक्ष भएका कारण यहाँ वर्ष भरि नै पीकनीक आउनेहरुको भीड लाग्ने गरेको स्थानिय व्यवसायी विष्णु लामाले बताए । उनका अनुसार यो ठाउँ स्टबरी खेती, च्याउ खेती तथा रेन्बो ट्राउट माछा पालनको लागि पनि प्रसिद्ध रहेकाले पीकनिकको मजा पनि लिऊँ र यी विषयहरुको अवलोकन पनि गरौं भनेर आउनेहरुको संख्या पछिल्ला दिनहरुमा वढ्दै गएको छ ।

दैनिक ठुलो संख्यामा आउने पीकनिकप्रेमीहरुले बजाउने गरेका आधुनिक म्यूजिक सिस्टमहरुको आवाजले ककनी दैनिक जसो गुञ्जायमान हुने गर्छ । स्वदेशिहरुका लागि पीकनिक र स्वदेशि तथा विदेशिहरु दुवैका लागि भरपर्दो पदयात्राको शूरुवात ककनीको अर्को विशेषता हो ।

यहाँबाट राजधानीको सुन्दरीजल र वुढानिलकण्ठ सम्म पुग्ने पदयात्राको गएको केहि वर्ष देखि शुरुवात भईसकेको छ । पीकनिक जानेहरुले एउटा स्पटको एक दिनको ५ सय देखि १५ सय सम्म तिर्नु पर्छ । म्युजिक सिस्टमको २ हजार देखि ३ हजार सम्म छुट्टै लाग्छ । यसले ककनीको आर्थिक स्तरमा वृद्धि भएको व्यवसायी लामाले बताए । ककनीमा आज भन्दा करिव २५ वर्ष अगाडि सन् १९९२ मा नुवाकोट जिल्लाको घोप्टेभीरमा थाई एयरवेजको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको सामुहिक शव गाडिएर निर्माण गरिएको ककनी मेमोरियल पार्कले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको व्यवसायी विष्णु बताउँछन् ।

ककनीमा धेरै कम्पनी, संस्था, क्लव र समुहहरुले यसवर्ष पीकनिकको मजा लिएको नेपाल पर्वतारोहण संघका श्याम कुमार लामाले जानकारी दिए । पीकनिकको महत्वलाई बुझेर सकारात्मक पक्षलाई जोड दिदैं पीकनिक मनाउने हो भने ककनीको पीकनिक धेरैको लागि अविष्मरणिय हुने उनको भनाई छ । ककनी जस्तै आफ्नै छुट्टै विशेषता बोकेका अन्य गन्तव्यहरुमा पनि पीकनिक प्रेमीहरुको बाक्लै भीड लाग्ने गरेको सम्बन्धित पीकनिक स्पटहरुले जानकारी गराएका छन् ।

Logo