पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै

पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै

केन्द्रबिन्दु
24
Shares

किमाथाङ्का। यहाँको खाँदबारी नगरपालिका–४, स्थित सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्न सेकाहा महोत्सव हुने भएको छ ।

खाँदबारी–४ स्थित सेकाहामा ‘पुस ११ देखि १५ गते खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ’ भन्ने नारासहित महोत्सव हुन लागेको हो ।

आज पत्रकार सम्मेलन गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिहरू गठन गरी तीव्र रूपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले जानकारी दिए।

स्थानीय घरेलु तथा कृषि उत्पादनसहितका सामग्री महोत्सवमा प्रदर्शनी गरिने अध्यक्ष गुरुङले बताए। महोत्सवमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् साङ्गीतिक कार्यक्रम प्रस्तुति हुने आयोजकले जनाएको छ ।

Skip This
Skip This
Logo