निर्मल पौडेल, पर्वत । नेपाली सुगम संगीतका वादशाह गायक प्रमोद खरेलको सुमधुर प्रस्तुतीसँगै आज आठौँ पर्वत महोत्सव औपचारिक रूपमा समापन हुँदैछ । कुश्मा बजारमा जारी महोत्सवको अन्तिम दिन विशेष आकर्षणका रूपमा खरेलले साँझ आफ्नो प्रस्तुती दिने कार्यक्रम तय गरिएको छ ।
युवा पुस्तामाझ अत्यन्त लोकप्रिय आधुनिक तथा भावनात्मक गीतमार्फत चिनिएका खरेलको प्रस्तुतीले महोत्सवलाई भव्य समापन दिने अपेक्षा गरिएको छ । पर्वत उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सन्तोष थापाका अनुसार आजको साँझ खरेलको प्रस्तुती महोत्सवको मुख्य आकर्षण हुनेछ ।
“दर्शकको उत्साह र सहभागितालाई हेर्दा आजको साँझ अविस्मरणीय हुने विश्वास छ,” थापाले बताए ।
संघका अध्यक्ष ठाकुर वि पौडेलले आठौँ पर्वत महोत्सवले अपेक्षाकृत सफलता हासिल गरेको जानकारी दिँदै महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको प्रवाह र व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पु-याएको दाबी गरेका छन् । पौडेलले भने,“ जिल्लाको मात्र नभई राष्ट्रिय स्तरमा पर्वत महोत्सवले गरिमा राख्छ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सवैमा आभारी छौँ । आगामी दिनहरुमा जिल्लाको समग्र विकासमा निरन्तर लागिपर्नेछौँ । ”
महोत्सव प्रचारप्रसार समितीका संयोजक खड्ग प्रसाद खनालका अनुसार महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न हुँदै छ । उनले भने, “ महोत्सवलाई सफल बनाउन प्रचारप्रसार पक्षलाई प्राथमिकतामा राखेर काम गर्यौँ। स्थानीय मिडियादेखि सामाजिक सञ्जालसम्म निरन्तर सूचना प्रवाह गरियो, जसका कारण अपेक्षाभन्दा बढी दर्शकको सहभागिता देखियो। महोत्सवले पर्वतको पहिचान र सम्भावनालाई बाहिर ल्याउन सहयोग गरेको छ।”
यस्तै आर्थिक जिम्मेवारीको पाटो सम्हालेका कमल जी.सी.का अनुसार अघिल्ला महोत्सवमा भन्दा धेैरै मीतव्ययीता अपनाईको र आम्दानी लाई जिल्लाको विकासमा सबै खर्च हुनेछ । उनले केन्द्रविन्दुलाई भने, “आर्थिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने हाम्रो मुख्य लक्ष्य थियो। उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गर्दै महोत्सव सञ्चालन गरियो। व्यापारी, प्रायोजक र दर्शकको सकारात्मक सहभागिताले महोत्सव आर्थिक रूपमा समेत सन्तोषजनक रूपमा सम्पन्न हुँदैछ।”
स्थानीय कला, संस्कृति र व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले पर्वतलाई सांस्कृतिक गन्तव्यका रूपमा चिनाउन थप टेवा पु¥याएको आयोजकको निष्कर्ष छ ।






























प्रतिक्रिया