एनटिभिए गण्डकीमा रविप्रसाद आचार्यको नेतृत्व, नयाँ कार्यसमिति चयन

एनटिभिए गण्डकीमा रविप्रसाद आचार्यको नेतृत्व, नयाँ कार्यसमिति चयन

केन्द्रबिन्दु
18
Shares

गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य चयन भएका छन् । सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन् ।

अधिवेशनका लागि वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङसहित मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ र बाबुराम पाण्डे रहेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष दुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेलगायतले बधाई दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको गरिमा कायम राख्न आफूहरू सक्रिय रहने बताए ।

यसैबीच, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललाई पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । साथै, हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्र्याउने हरिध्वज तुलाचन तथा उत्कृष्ट कर्मचारीद्वय श्रीप्रसाद खतिवडा र इन्द्र राना मगरलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रमा पर्यटक यातायातको भूमिका, सेवा गुणस्तर र व्यवस्थापन सुधारका विषयमा चर्चा गरेका थिए ।

Skip This
Skip This
Logo