पर्यटक आतिथ्यतामा नेपालीपन देखाउनुपर्नेमा सरोकारवालाको जोड

पर्यटक आतिथ्यतामा नेपालीपन देखाउनुपर्नेमा सरोकारवालाको जोड


पर्यटक प्रहरी इकाई भृकुटी मण्डपको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा शनिवार पर्यटक सवारीचालक, ट्याक्सीचालक तथा रिक्सा चालहरूसँगको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
कार्यक्रममा  पर्यटकहरू नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालकहरू हुने भएकोले सवारी चालकहरुले गर्ने व्यवहारबाटै उनीहरुको नेपाल प्रतिको दृष्टिकोण बन्ने भएकोले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउन सरोकारवालाहरुले जोड दिएका छन् । अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यताको महत्वपूर्ण भूमिका रहने हुँदा सवारी चालहहरूले सोही अनुरूपको व्यवहार आवश्यक भएको बताए । 

उनले चालकहरुलाई अतिथि देवो भवः भन्ने नेपाली परम्परा र सभ्यताको अनुशरण गर्न सके त्यसको छाप विश्वभर फैलान सहयोग पुग्ने स्पष्ट पारे । कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरिक्षक डा. विवेकराज भण्डारीले कोभिडको अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । यस्तै नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल पर्यटन बोर्डले कोभिडको अवस्थामा गरेका कार्यहरु र भावी योजनाबारे जानकारी दिएका थिए । 

यस्तै कार्यक्रममा नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी निरिक्षक दीपक भट्टले ट्राफिक व्यवस्थापन र होटल संघ नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले पर्यटनमा आतिथ्यता र सञ्चारको भूमिकाको बारेमा पर्यटक प्रहरी इकाई भृकुटी मण्डपका प्रहरी निरिक्षक चन्द्र किशोर शाहले पर्यटक प्रहरीले गरिरहेका क्रियाकलाप र गर्नुपर्ने कामका बारेमा बताएका थिए । सहभागीहरुले यस्ता अनुशिक्षण 

कार्यक्रममले आफ्नो व्यवहार परिवर्तन तथा अन्य सिकाइमा सहयोग पुगेको धारणा राख्दै यस खालका तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिनुपर्ने बताएका थिए । 

Logo