नेपालका हिमालहरुमा कोरोना फैलिएकै हो? सरकारले दियो यस्तो जवाफ

नेपालका हिमालहरुमा कोरोना फैलिएकै हो? सरकारले दियो यस्तो जवाफ

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपालका हिमालहरुमा पर्वतारोहणका लागि गएका पर्वतारोहीहरुमा कोरोना संक्रमण रहेको समाचारहरु गलत भएको बताएको छ। 
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै आरोहीहरुमा ब्यापक कोरोना फैलिएको समाचारप्रति ध्यानाकर्षण जनाएको छ।

'नेपालका हिमालहरुमा पर्वतारोहणका लागि गएका पर्वतारोहीहरुमा कोभिड-१९ को संक्रमण ब्यापक फैलिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'सन् २०२१ को स्प्रिङ सिजनमा हिमाल आरोहणका निम्ति ७९ देशका ८६ टोलीका जम्मा ७४५ जना आरोहीहरुले अनुमति लिएकोमा सबै टोलीहरुले सगरमाथा लगायतका हिमालहरुमा पर्वतारोहणसँग सम्बन्धित क्रियाकलापहरु सम्भव भएसम्मका स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास भइरहेको अवस्था छ। पीसीआर रिपोर्ट लिई कोभिड नेगेटिभ भएकालाई मात्र पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति प्रदान गरिएको छ।'

विज्ञप्ति हेर्नुस्:

Logo